+
+
Shares

पूर्वाधार र कारोबार आकार आधारमा प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली छुट्याइने

केन्द्रीय बैंकले बढ्दो विद्युतीय भुक्तानीसँगै प्रणाली सञ्चालकको पूर्वाधार, सुरक्षा व्यवस्था र कारोबार आकार ध्यान दिँदै सम्भावित जोखिम न्यूनिकरण गर्न प्रणालीगत प्रणाली पहिचान गर्न आवश्यक भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते २०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली सञ्चालकको पहिचान गरी छुट्टै प्रभावकारी नियमन गर्ने तयारी गरेको छ।
  • केन्द्रीय बैंकले तयार गरेको फ्रेमवर्क स्वीकृत भएपछि प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान प्रक्रिया सुरु गर्ने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए।
  • प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचानका लागि लार्ज भ्यालु पेमेन्ट, पूर्वाधार, मार्केट कभरेजजस्ता मापदण्ड राखिएको छ र आगामी दुई महिनाभित्र काम पूरा गर्ने योजना छ।

१२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्थाको पहिचान गर्ने भएको छ ।

ठूला र प्रणालीगत महत्त्वपूर्ण मानिएका भुक्तानी प्रणाली सञ्चालकको छुट्टै प्रभावकारी नियमनका लागि वर्गीकरण गर्न लागेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि भुक्तानी प्रणाली सञ्चालकरूलाई पनि प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचान गर्न आवश्यक प्रक्रिया करिब पूरा गरेपछि मौद्रिक नीतिमा उल्लेख गरेको हो ।

केन्द्रीय बैंकले तयार गरेको फ्रेमवर्कलाई स्वीकृत गरेपछि औपचारिक पहिचान प्रक्रिया सुरु गर्ने गरी मौद्रिक नीतिमा उल्लेख गरिएको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए ।

केन्द्रीय बैंकले बढ्दो विद्युतीय भुक्तानीसँगै प्रणाली सञ्चालकको पूर्वाधार, सुरक्षा व्यवस्था र कारोबार आकार ध्यान दिँदै सम्भावित जोखिम न्यूनिकरण गर्न प्रणालीगत प्रणाली पहिचान गर्न आवश्यक भएको पण्डितले बताए ।

केन्द्रीय बैंकका अनुसार हालसम्म भुक्तानी प्रणाली सञ्चालकको संख्या ९ छ । प्रणालीगत जोखिम पहिचान गर्दा कुनै पनि भुक्तानी प्रणाली सञ्चालकभन्दा पनि भुक्तानी प्रणालीका आधारमा गरिने पण्डितले जानकारी दिए ।

‘केन्द्रीय बैंकले फ्रेमवर्क बनाइसकेको अवस्था छ,’ पण्डितले भने, ‘अनि बीचमा कन्सल्टेटिभ फ्रेमवर्क भनेर पनि निकाल्यौं । त्यसमा सबको सुझाव पनि समेटेर अन्तिम रूप दिएका छौं ।’

उक्त फ्रेमवर्कका सन्दर्भमा केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय रूपमा पनि सुझाव लिएको पण्डितले बताए । फ्रेमवर्क जारी हुने क्रममा रहेको बताउँदै पण्डितले भने, ‘जारी गरिहाल्छौं हामी । त्यो जारी भएपछि प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली छुट्याउन थाल्छौं ।’

केन्द्रीय बैंकले केही समयदेखि वाणिज्य बैंकमध्येबाट पनि प्रणालीगत महत्त्वपूर्ण बैंक पचिान गरी छुट्टै नियमन तथा सुपरीवेक्षण गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

सोही अनुसार बढ्दो विद्युतीय भुक्तानीको ट्रेन्डका कारण भुक्तानी प्रणालीका जोखिम मध्यनजर गर्दै प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान गर्न खोजेको हो ।

कुनै एक प्रणालीमा आउने समस्याका कारण समग्र भुक्तानी प्रणालीमै समस्या आउन सक्ने तथा क्षति हुन सक्ने विषय ध्यानमा राखेर आवश्यक नियमन तथा सुपरीवेक्षण गरी सम्भावित जोखिम न्यूनीकरणका लागि केन्द्रीय बैंकले प्रणाली पहिचान प्रक्रिया अघि बढाएको हो ।

‘प्रणालीगत महत्त्वपूर्ण बैंकहरू छुट्याउँदा संस्था छुट्याउने जस्तो यसमा हामी पेमेन्ट सिस्टम पहिचान गरी छुट्याउँछौं,’ पण्डितले भने, ‘त्यहाँ कुनै संस्थाभन्दा पनि त्यो कुन प्रणाली हाम्रा लागि महत्त्वपूर्ण हो भन्ने विषयलाई आधार बनाइ वर्गीकरण गरिन्छ ।’

प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचान गर्दा भुक्तानी सेवा सञ्चालक (पीएसओ) को पनि प्रणाली पहिचान हुने उनले बताए । जस्तै, ईसीसी एउटा प्रणाली हो भने आरटीजीएस अर्को प्रणाली हो । अब एनसीएचएल भनेर केन्द्रीय बैंकले भन्दैन ।

प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचानपछि केन्द्रीय बैंकले त्यसलाई ईसीसीका रूपमा मात्रै चिन्ने पण्डितको भनाइ छ । त्यस्तै राष्ट्र बैंकले सञ्चालन गरेको आरटीजीएस छानियो भने आरटीजीएस एसआईपीएस भनेर बुझ्ने उनले बताए ।

भुक्तानी प्रणाली सञ्चालकले सञ्चालन गरेको प्रणाली एक्लै कति महत्त्वपूर्ण छ भनेर पत्ता लगाउने बताउँदै पण्डितले भने, ‘छनोट गर्ने आधारहरू लार्ज भ्यालु पेमेन्ट गर्ने गरेको, पूर्वाधार, मार्केट कभरेज लगायत मापदण्ड राखिएको छ ।’

उक्त मादण्डका आधारमा महत्त्वपूर्ण प्रणाली पहिचान गरी अन्यको तुलनामा गहन निगरानी बढाउने पाण्डितको भनाइ छ ।

आगामी दुई महिनासम्म प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान गर्ने गरी काम भइरहेको उनले बताए ।

‘कन्सल्टेटिभ डकुमेन्टका रूपबाट फ्रेमवर्क फाइनल भइसकेको छ, आन्तरिक स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने, ‘स्वीकृत हुने बित्तिकै सार्वजनिक गर्छाैं,’ उनले भने, ‘सार्वजनिक गरेपछि प्रणाली पहिचानको पक्रिया सुरु गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?