+
+
Shares
बक्सअफिस :

यी हुन् ५ हलिउड फिल्म जसले २०२५ को मध्यसम्म नेपालमा धेरै कमाए

नेपाली दर्शकको रुचि कुनै निश्चित जनरामा मात्र नभएर भिन्न स्वाद र शैलीका फिल्ममा देखिएको छ । एड्भेन्च, हरर र थ्रीलर ‘फाइनल डेस्टिनेसन’ डेढ दशकपछि नयाँ श्रृंखलासहित रिलिज भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ को जनवरी १ देखि जुलाई २८ सम्म नेपालमा सबैभन्दा बढी कमाउने हलिउड फिल्म 'फाइनल डेस्टिनेसन : ब्लडलाइन' १ करोड ५७ लाख नेरु ग्रस कमाएको छ।
  • सुपरम्यान, जुरासिक वर्ल्ड : रिबर्थ, मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ र एफ वन : द मूभी क्रमशः दोस्रो देखि पाँचौं स्थानमा रहेका छन्।
  • यस वर्षको शीर्ष ५ फिल्ममध्ये सबै भारतीय फिल्म रहेका छन् भने हलिउड फिल्म पछिल्ला महिनामा कमजोर देखिएको छ।

काठमाडौं । सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक भएको छ ।

जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ छ ।

१) फाइनल डेस्टिनेसन : ब्लडलाइन- १ करोड ५७ लाख नेरु ग्रस

२) सुपरम्यान- १ करोड ३३ लाख नेरु ग्रस

३) जुरासिक वर्ल्ड : रिबर्थ- १ करोड १८ लाख नेरु ग्रस

४) मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ- ९९ लाख ५९ हजार ग्रस

५) एफ वन : द मूभी- ६७ लाख ५१ हजार नेरु ग्रस

तर, यसवर्षको प्रारम्भिक ७ महिनाको शीर्ष ५ को सूचीमा सबै भारतीय फिल्म छन् । हलिउड पछिल्ला महिनामा केही कमजोर देखिएको छ ।

नेपाली दर्शकको रुचि कुनै निश्चित जनरामा मात्र नभएर भिन्न स्वाद र शैलीका फिल्ममा देखिएको छ । एड्भेन्च, हरर र थ्रीलर ‘फाइनल डेस्टिनेसन’ डेढ दशकपछि नयाँ श्रृंखलासहित रिलिज भएको हो ।

‘सुपरम्यान’लाई पनि दर्शकले रुचाएका छन् । ‘जुरासिक वर्ल्ड’ फे्रन्चाइज नेपालमा धेरै रुचाइने हलिउड फ्रेन्चाइजी पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?