+
+
Shares

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई झापा इनर्जीको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा इनर्जीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलाएको छ।
  • कम्पनीले ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई खुलाएको छ।
  • वैदेशिक रोजगारमा रहेकाले ५७ हजार २९ कित्ता सेयर साउन १८ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

१४ साउन, काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई झापा इनर्जीको आईपीओ खुलेको छ । कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको आईपीओ आयोजना प्रभावित स्थानीयलाई आईपीओ खुलाएको छ ।

न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ । प्रभावित स्थानीयले छिटोमा साउन २८ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितका रुपमा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल तथा आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र पर्दछ । कम्पनीले शिवसताक्षीमा १० मेगावाटको सोलार आयोजना सञ्चालनमा ल्याएको छ ।

आयोजना प्रभावित स्थानीयले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत् आवेदन दिन सक्नेछन् । फारम हिमालयन क्यापिटलको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई ५७ हजार २९ कित्ता सेयर खुलाइएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन १८ तथा ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ८४ पैसा छ । साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ७५ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?