+
+
Shares

फिल्म खेल्न नेपाल आइपुगे गणेश उप्रेती, ९ वर्षपछि पर्दामा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुनैबेलाका चर्चित अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ।
  • उनको आगामी फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायांकन विहिबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
  • ‘झरीपछिको इन्द्रेणी’मा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहनेछ र र्‍यापर बालेनको गीत समावेश हुनेछ।

काठमाडौं । कुनैबेलाका चर्चित अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ ।

उनको आगामी फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायांकन विहिबारदेखि सुरु हुँदैछ । यो फिल्मबाट हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गर्दैछन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका उप्रेती यही फिल्मका लागि अहिले काठमाडौं आएका छन् । उनको पछिल्लो फिल्म ‘होमवर्क’ सन् २०१६ मा रिलिज भएको थियो ।

‘भाग्य रेखा’बाट अभिनय करिअर थालेका उप्रेतीले ४३ फिल्ममा अभिनय गरिसकेका छन् ।

‘झरीपछिको इन्द्रेणी’मा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहने स्रोतले जनाएको छ । फिल्ममा र्‍यापर बालेनको एक गीत समावेश हुने बुझिएको छ ।

पशुपति शिवजी इन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको सबै छायांकन काठमाडौंमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?