+
+
Shares

३ हजार माथि टिकेन सेयर बजार, ४७.९ अंक घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारको परिसूचक नेप्से बुधबार ४७.९३ अंक घटेर २९५४ मा झरेको छ।
  • कारोबार रकम १६ अर्ब ४४ करोड पुगेको छ जुन अघिल्लो दिनको भन्दा कम हो।
  • २३ कम्पनीको मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको छ र सबै समूहका सूचक घटेका छन्।

१४ साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।

कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशत बढ्यो । दुई शक्तिशाली कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा यो समूह हरियो रह्यो ।

बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशत घटे ।

दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढ्यो । सूचीकृत भएपछि लगातार बढेको सान्भीको मूल्य प्रतिकित्ता ८४५.९० रुपैयाँ पुगेको छ भने ट्रेड टावरको ९४८.९० रुपैयाँ पुगेको छ ।

समता घरेलु लघुवित्तको ६.७४, सिक्लेस हाइड्रोपावरको ५.१६ तथा भूगोल इनर्जीको ३.८२ प्रतिशत मूल्य बढ्यो ।

ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । त्यस्तै कालिका पावरको ६, सीवाईसी लघुवित्तको ५.४, नाडेप लघुवित्तको ५.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?