+
+
Shares

सर्लाहीमा घर भत्किँदा आँगनमा खेलिरहेका बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १९:१९

१४ साउन, जनकपुरधाम । सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ  । मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज अपराहन्न साढे ४ बजेतिर बालक आँगनमा खेलिरहेका बेला पुरानो दुई तल्ले पक्कीघर भत्किएको हो ।

बालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?