News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्कुल फुटबल लिग साउन १७ गतेदेखि काठमाडौंका आठ स्कुलबीच सुरु हुनेछ।
- लिगमा १८ वर्षमुनिका विद्यार्थीहरूले भाग लिनेछन् र विजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
- प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण निर्माण गर्नु रहेको आयोजकले बताए।
१५ साउन, काठमाडौं । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडीसी)को आयोजनामा नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) हुने भएको छ ।
यस लिगको पहिलो संस्करण यही साउन १७ गते देखि (अगष्ट २) सुरु हुनेछ । जसमा राजधानीका आठ स्कुलले भाग लिने जानकारी दिइएको छ । लिगमा काठमाडौं भित्रका स्कुलहरुको १८ वर्षमुनिका विद्यार्थीहरुले खेल्नेछन् ।
लिगमा जेम्स थन्डरबोल्ट्स (जेम्स स्कुल), सुपर डाँफेज (डीएभी स्कुल), एफसी माउन्ट कान्जिरोवा (कान्जिरोवा स्कुल), एलए (लिटिल एन्जल्स), रेड पान्डाज (रातो बंगला), चेल्सी फाल्कन्स (चेल्सी वर्ल्ड स्कुल), केडब्लूएस लोखुग एफसी (काठमाडौं वर्ल्ड स्कुल) र युलेन्स प्यान्थर्स (युलेन्स स्कुल) को नामले प्रतिस्पर्धा गर्नेछन् ।
नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर नपाएको अवस्थालाई मध्यनजर गर्दै लिग सञ्चालनको तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइनेछ । लिगको विजेता टोलीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र सर्वाधिक गोलकर्ता लगायतका विधामा व्यक्तिगत पुरस्कार ५० हजार रुपैया पनि प्रदान गरिनेछ ।
नगद पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छात्रवृत्ति र अन्य अवसरहरू पनि प्रदान गरिने जनाइएको छ। प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।
प्रतिक्रिया 4