
१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले गर्नका लागि देशभरका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
पार्टी प्रवक्ता समेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबाट ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकिएको हो ।
पर्यवेक्षकहरूलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन जिम्मेवारी दिइएको छ ।
त्यस्तै, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न पनि जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।
‘पर्यवेक्षकहरूले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेश गर्नुपर्नेछ,’ उनले भने ।
कुन जिल्लामा को तोकिए पर्यवेक्षक ?
प्रतिक्रिया 4