+
+
Shares

पर्यटनमन्त्री भन्छन्: गौतमबुद्ध र पोखरा विमानस्थल राष्ट्रिय गौरवका संरचना हुन्

पशुपति र लुम्बिनीको गुरुयोजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका संरचना भएको बताए।
  • मन्त्री पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य भए पनि निर्माणमा अन्योल रहेको उल्लेख गरे।
  • पशुपति र लुम्बिनीको गुरुयोजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेले बताउनुभयो।

१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका संरचना भएको बताएका छन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाका विषयमा गरेको छलफलमा मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गत ५ आयोजना रहे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

अब यी दुई आयोजना राष्ट्रिय गौरवका संरचना हुने उनको भनाइ छ । मन्त्री पाण्डेले भने, ‘देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै फाइदा लिनुपर्छ ।’

पशुपति र लुम्बिनीको गुरुयोजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको भए पनि निर्माणमा अन्योल रहेको उनले बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अपरिहार्य रहेको भन्दै उनले निर्माण र सञ्चालन मोडालिटी बनाएर आगाडि बढ्ने बताए ।

भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्या मात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागु नगर्दा समस्या आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?