News Summary
Generated by OK AI. Editorially reviewed.- आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ।
- टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने र प्रतियोगिता अगष्ट ९ देखि १० तारिखसम्म हुने छ।
- पुरुष र महिला विभिन्न तौल वर्गमा ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् र टोलीलाई मन्त्री प्रदीप पौडेलले विदाइ गर्नुभएको छ।
१५ साउन, काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ ।
त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छ । अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् ।
महिला २३ केजीमा आरुसी अम्गाईं, ४२–४४ केजीमा रोनशा थापा तथा पुम्सेमा योजना गौली र छ्लोइ डोल्मा तामाङले खेल्ने छन् । प्रशिक्षकमा गौरव रजक र दिनेश न्यौपाने छन् ।
टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विदाइ गरे ।
प्रतिक्रिया 4