+
+
Shares

६ वर्षपछि फर्किए मुस्कान ढकाल, फिल्म ‘रत्यौली’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मौलिकता र परम्परामा आधारित फिल्म ‘रत्यौली’ निर्माण हुन लागेको छ।
  • मुस्कान ढकालले सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका छन्।
  • फिल्मको छायांकन तिहारपछि सुरु हुने र कलाकार छनोट तथा प्राविधिक तयारी अघि बढिरहेको छ।

काठमाडौं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’ निर्माण हुने भएको छ । विवाह संस्कारको विशेष पक्षको रुपमा रहेको लोकगायन ‘रत्यौली’ संस्कृतिबाट प्रेरित भई फिल्मको नामाकरण गरिएको हो ।

रञ्जन रन्जन रिजालको प्रस्तुति रहने यो फिल्मबाट उनी निर्माणमा अघि बढ्न लागेका हुन् । २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गरेका छन् ।

‘नाइँ नभन्नु ल ३’ र ‘समर लभ’जस्ता सफल फिल्म निर्देशन गरेका मुस्कान ढकालले यस फिल्मलाई निर्देशन गर्दैछन् । ढकालले यसपटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका हुन् ।

ढकाल ६ वर्षपछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् । उनको पछिल्लो निर्देशकीय फिल्म समरलभ सन् २०१९ फेब्रुअरीमा रिलिज भएको थियो ।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई नोयन्द्र धिताल, विजयकुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो । छायांकन तिहार लगत्तै सुरु हुनेछ ।

कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ । प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, ‘नेपाली दर्शकले मौलिक परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन् । त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं ।’

निर्देशक ढकालका अनुसार अहिले छायांकन लोकेसन र कलाकार फाइनल गर्ने कार्य सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?