+
+
Shares

दशैं फूलपातिमा आउने ‘माइतीघर’को पहिलो झलक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'माइतीघर'को फस्टलुक पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ र प्रवर्धन अभियान सुरु भएको छ।
  • फिल्म 'माइतीघर' म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको छ र दशैंको फूलपातिमा असोज १३ गते प्रदर्शन तयारी छ।
  • फिल्ममा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत र श्यामाश्री शेर्पा फिचर्ड छन् र रोहित अधिकारीले निर्माण गरेका छन्।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माताले रोहित अधिकारीले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रवर्धन अभियान सुरु भएको जनाएका छन् ।

पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, श्यामाश्री शेर्पा फिचर्ड छन् । ग्रामिण परिवेशमा छायांकन गरिएको फिल्मलाई पोस्टरमार्फत ग्रामीण र परम्परागत लुक्स दिन खोजिएको छ ।

मिलन तामाङको निर्देशनमा बनेको फिल्मलाई म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा फिल्म निर्माण भएको हो ।

कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । फिल्म दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?