+

‘नेपाल स्पोर्ट्स ईनभेष्टमेन्ट समिट’ हुने

२०८२ साउन  १६ गते १२:४८ २०८२ साउन १६ गते १२:४८
‘नेपाल स्पोर्ट्स ईनभेष्टमेन्ट समिट’ हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्रालयले 'नेपाल स्पोर्ट्स ईनभेष्टमेन्ट समिट २०२५' आयोजना गर्ने तयारी गरेको छ।
  • झापामा स्पोर्टस एकेडेमी निर्माणका लागि जग्गा प्राप्ति, डीपीआर र वातावरणीय मूल्याङ्कन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • मन्त्रालयले ७ प्रदेशमा सिप मेला सञ्चालन गर्ने र १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने तयारी गरिरहेको छ।

१६ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘नेपाल स्पोर्ट्स ईनभेष्टमेन्ट समिट २०२५’ हुने भएको छ ।

शुक्रबार मन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै आगामी कार्यक्रमहरूको सूची पनि सार्वजनिक गरेका छन् जसमा स्पोर्ट्स इनभेष्टमेन्ट समिट २०२५ को तयारी गरिने कुरा पनि उल्लेख छ ।

त्यस्तै झापामा झापा स्पोर्टस एकेडेमी निर्माणका लागि आवश्यक जग्गा प्राप्ति, डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भक्तपुर जिल्लामा ५० हजार सिट क्षमताको फुटबल रंगशाला निर्माण कार्य अघि बढाइएको छ भने अन्तर्राष्ट्रिय भलिबल कवर्ड हल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छ ।

नेपालको दोस्रो पुरानो नारायणी रंगशाला र नारायणी कभर्डहलको पुनर्निर्माण कार्य पनि अघि बढेको छ । साथै दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बु लगायत उच्च हिमाली जिल्लाहरूमा हाइ अल्टिट्युड स्पोर्ट्स सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

मन्त्रालयको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत फिफा फुटबल फर स्कूल्स कार्यक्रम अन्तर्गत ३२ हजार फुटबल वितरण गरिने उल्लेख छ । यो कार्यक्रम बिहीबार प्रधानमन्त्रीबाट शुभारम्भ भइसकेको छ ।

युवाहरुलाई लक्षित गर्दै ७ वटै प्रदेशमा सिप मेला तथा सिप विकास तालिम सञ्चालन गरिनेछ भने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल जारी रहेको मन्त्री चौधरीले जानकारी दिएका छन् ।

नेपाल स्पोर्ट्स ईनभेष्टमेन्ट समिट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय