News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आ.व. २०८१/८२ का कार्यविवरण सार्वजनिक गरे।
- मन्त्रालयले नेपालमा स्पोर्ट्स इन्भेष्टमेन्ट समिट २०२५ आयोजना गर्ने योजना घोषणा गरेको छ।
- आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासमा ७४.४२ प्रतिशत वित्तीय प्रगति भएको र विभिन्न रंगशाला निर्माण कार्य अगाडि बढाएको जनाइएको छ।
१६ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्यविवरण सार्वजनिक गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री चौधरीले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा भएका कार्य तथा नीतिगत सुधार सार्वजनिक गर्दै आगामी कार्यक्रमहरू पनि घोषणा गरेका छन् ।
कार्यविवरणमा राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिएको कुरादेखि युवा विकासमा गरिएका कामहरू उल्लेख गरिएको छ ।
त्यस्तै नेपालमा स्पोर्ट्स इन्भेष्टमेन्ट समिट २०२५ को आयोजना गर्ने घोषणा पनि गरिएको छ ।
पूर्णपाठ
युवा तथा खेलकुद मन्त्रालयबाट आ.व.२०८१।८२ मा भएका प्रमुख कार्यहरुको विवरण
१. नीति तथा कानूनी विषय
-राष्ट्रिय खेलकुद नीति, २०८२ जारी गरिएको।
-राष्ट्रिय युवा नीति, २०८१ स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेस गरिएको।
-राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक संशोधन गर्न बनेको विद्येयक संसदमा दर्ता गरिएको।
-नयाँ राष्ट्रिय युवा परिषद ऐन र नेपाल स्काउट ऐन तर्जुमाका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भएको।
-नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको।
२. संरचनागत सुधारका विषय
-National Anti-Doping Agency नेपालको कार्यालय स्थापना भएको।
-मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय एन्टिडोपिङ ऐजेन्सीको संगठन संरचना तथा व्यवस्थापन सर्भेक्षण (O&M Survey) गर्ने कार्य भइरहेको।
३. योजना तथा कार्यक्रमहरू र त्यसको कार्यान्वयन अवस्था
क) युवा विकास तर्फ
-युवा तथा साना व्यवसायी स्वरोजगार कोषवाट सहकारी संस्था मार्फत् युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बांकी रहेको ऋण यस आ.व.मा रु. १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरिएको।
-नेपाल स्काउटबाट १५८९ जनालाई स्काउट तालिम प्रदान गरिएको। ७० जनालाई विपद व्यवस्थापन तालिम प्रदान गरिनुका साथै, मुलुकभर २४०८९ जना स्काउट स्वयंसेवक परिचालन गरिएको।
-राष्ट्रिय युवा परिषद्बाट ३४० जना युवाहरुका लागि १६ स्थानमा रोजगारमुलक सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिएको। हालसम्म १०७३ जना युवालाई उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्रदान गरिएको एवम् ६०० जना युवालाई स्वयंसेवी कार्यमा सहभागी गराइएको। नेत्रहिन युवा संघ नेपालसँगको सहकार्यमा अपाङ्गता भएका युवाहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिएको।
-युवाहरुको सहभागितामा नेपाल युथ समिट कार्यक्रम भएको छ साथै, युवाको सहभागितामा युवा विज्ञान तथा प्रविधि सम्मेलन आयोजना भएको।
-१४८१ जना युवालाई युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्श प्रदान गरिएको।
-९१ जना युवाको सहभागितामा संयुक्त राष्ट्रसंघीय नमुना महासभा (MUN General Assembly) अभ्यास कार्यक्रम र ७६ जना युवाको सहभगितामा नमुना संघीय संसद युवा अभ्यास कार्यक्रम सम्पन्न भएको।
-६०० जना युवालाई डेंगु तथा प्रकोपजन्य रोग नियन्त्रण, लागु पदार्थ दुर्व्यसन, आधारभुत स्वास्थ्य शिक्षा सचेतना, लैङ्गिक विभेद तथा घरेलु हिंसा विषयमा स्वयंसेवकको रुपमा परिचालन गरिएको।
-युवा विषयमा क्रियाशील पत्रकारहरु चार जनालाई जनही ५० हजारका दरले रु.२ लाख पुरस्कार प्रदान गरिएको।
-८० जना युवहरुले युवा नवप्रवर्तन तथा इन्क्युवेशन कार्यक्रममा सहभागी भई इन्क्युबेट भएका।
-अनलाइन माध्यमबाट सञ्चालन गरिएको लोकसेवा आयोग तयारी कक्षामा ९३५ जना र शिक्षा सेवा आयोगको तयारी कक्षामा १९५ जना युवाहरु सहभागी भएका।
-Youth in Emerging Technology: Robotics, Al and Drone शीर्षकमा युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको उक्त सम्मेलनमा ३०० जना युवाहरुले सहभागिताको अवसर प्राप्त गरी नविनतम आविश्कारको जानकारी प्राप्त गर्नको साथै वैज्ञानिक खोज र अनुसन्धान प्रति उत्प्रेरित भएका।
-६४२ जना युवाहरुलाई विभिन्न विषय क्षेत्रमा स्वयंसेवक विकास गरी परिचालन गरिएको।
-३७ जना सहिद वेपत्ता तथा द्वन्द प्रभावित युवाहरुले च्याउ खेती सम्बन्धी ५ दिने तालिम प्राप्त गरेका।
-युवाको लागि अबको निकास उद्यमशीलता रोजगारी र सीप विकास भन्ने मूल थिममा रही ५ स्थान (विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र काठमाण्डौ) मा सञ्चालन गरिएको युवा उद्यम शीलता प्रवर्धन -सम्मेलनमा १०८० युवाहरुले सहभागिताको अवसर प्राप्त गरी उद्यमशीलता सम्बन्धी जानकारी प्राप्त गरेका।
ख) खेलकुद विकास तर्फ प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन
-जापानमा हुने २० औं एसियाली खेलकुद प्रतियोगिताका लागि मिसन २०२६ खेलाडी प्रशिक्षण अन्तर्गत १० खेलका ८५ जना खेलाडी र १९ जना प्रशिक्षक गरी जम्मा १०४ जनालाई विशेष प्रशिक्षण संचालन भईरहेको।
-ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत भलिवल, कवड्डी, खो खो र रग्वी खेलका १०२ खेलाडी र ७ प्रशीक्षक सहित १०९ जना छात्रवृत्ती कार्यक्रमको लागि छनौट भई प्रशिक्षण कार्यक्रम सञ्चालन भएको।
-पेरिस ओलम्पिक तयारी प्रशिक्षण तथा सहभागिता कार्यक्रम अन्तरगत एथलेटिक्स, व्याडमिन्टन, पौडी, टेबलटेनिस, शुटिङ्ग, जुडो खेलका खेलाडी र प्रशिक्षकहरुलाई विशेष प्रशिक्षण प्रदान गरिएको।
-पारा ओलिम्पिक खेलमा नेपालबाट ३ जना पारा खेलाडी सहभागी रहेकोमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले नेपाललाइ एतिहासिक कास्य पदक दिलाउन सफल भएको।
-छैटौ एशियन इण्डो मार्सल आर्ट गेम्स २०२४ आगामी २०२६ मा थाइल्याण्ड हुन भएकोले सहभागीता तयारी भइरहेको।
-प्रदेश सरकारसँगको सहकार्यमा ३६० जना खेलकुद शिक्षकलाई तालिम प्रदान गरिएको।
-एशियाली इ-स्पोर्ट प्रतियोगिता मिति २०८२ वैशाख २६ देखी २८ सम्म काठमाण्डौमा सम्पन्न भयो जसमा नेपालका ३ टिम सहित १४ वटा देशका १६ टिमको सहभागीता रहेकोमा नेपालवाट सहभागी टिमले तेश्रो स्थान हासिल गरेको।
-विभिन्न राष्ट्रिय संघ, खेलकुद संस्था क्लवहरु र गोल्ड कपहरुको प्रतियोगीताहरू समेत गरेर जम्मा ७८ वटा राष्ट्रिय तथा अन्य प्रतियोगिता आयोजना गरिएको।
-प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको।
-एशियाली कराँते प्रतियोगीतामा सहभागिता भइ नेपाली खेलाडी एरिका गुरुङ्गलाई रजत पदक प्रदान गरिएको।
-१५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता काठमाण्डौमा संचालन भएको जसमा सातै प्रदेशवाट ८०५ जना खेलाडी तथा अफिसियलहरुको सहभागिता रहेको थियो।
ग) पुरस्कार तथा प्रोत्साहनतर्फ
-१० जना खेलकुद पत्रकारलाई रु.२ लाख ७५ हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको।
-अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पदक हासिल गर्न सफल ८ वटा खेलका ८३ जना खेलाडी तथा प्रशिक्षकलाई देहायमा उल्लेख भए बमोजिम नगद पुरस्कार प्रदान गरिएको।
-CAVA Women’s Nation’s Volleyball League 2024 मा विजयी खेलाडी तथा प्रशिक्षक गरी जम्मा १८ जनालाई रु. ४७ लाख ६० हजार पुरस्कार प्रदान गरिएको।
-पेरिस ओलम्पिक, २०२४ पाराओलम्पिक गेम्समा कास्यपदक विजेता पलेशा गोवर्द्धनलाई रु. ६५ लाख एक जना प्रशिक्षकलाई रु. ५ लाख ८५ हजार र १ जना टिम व्यवस्थापकलाई रु. २ लाख ९२ हजार गरी ३ जनालाई जम्मा रु. ७३ लाख ७७ हजार पुरस्कार प्रदान गरिएको।
-SAFF Women Championship 2024 मा रजत पदक विजेता खेलाडीलाई तथा प्रशिक्षक, व्यवस्थापक गरी जम्मा २८ जनालाई रु. ७४ लाख ६० हजार पुरस्कार प्रदान गरिएको
-२० औं एसियाली कराँते च्याम्पियनसिपमा द्वितीय स्थान हासिल गर्न सफल खेलाडी एवं प्रशिक्षक गरी जम्मा २ जनालाई रु. ७,८०,०००।- पुरस्कार प्रदान गरिएको।
-CAVA बीच भलिबल Men & Women मा पदक विजेता खेलाडी र प्रशिक्षक गरी ५ जनालाई जम्मा रु. १९ लाख पुरस्कार प्रदान गरिएको।
-खेलाडी, प्रशिक्षक, निर्णयाक र चिकित्सक गरी ९ जनालाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको।
-CAVA U20 Men’s Volleyball Championship, 2024 को पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी जम्मा १५ जनालाई जम्मा कुल रु.४०,४०,०००।- रकम पुरस्कार वितरण गरिएको
-3rd Taolu World Cup, 2024 को पदक विजेता विजय सिन्जाली रु.६५,००,०००।- रकम पुरस्कार तथा सम्मानको रुपमा प्रदान गरिएको।
-6th Asian Kabaddi Championship (Women), 2025 को पदक विजेता खेलाडी र सहभागी प्रशिक्षक गरी जम्मा ११ जनालाई कुल जम्मा रु.१५,९०,०००।- रकम पुरस्कार तथा सम्मान प्रदान गरिएको।
घ) खेलकुद पूर्वाधार विकास तर्फ
-मूलपानी क्रिकेट रंगशाला, काठमाडौँ र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, मोरङ्गको डिपिआर र EIA सम्पन्न भएको।
-कीर्तिपुर क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न हुदै।
-पोखरा क्रिकेट रंगशालाको प्यारापिट निर्माण एवम् कोहलपुर क्रिकेट रङ्गशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण कार्य सम्पन्न भइरहेको।
-फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम धनगढी कैलालीको DPR EIA सम्पन्न भइसकेको।
-ललितपुर जिल्लाको सातदोबाटोमा हाई पर्फमेन्स सेन्टर एण्ड नेशनल स्पोर्टस साइन्स ल्याबको स्थापना गरिएको।
-यस आर्थिक वर्षमा पुँजीगत तर्फ खुद विनियोजित बजेट ५१ करोड ८८ लाख ३५ हजार रुपैया मध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैया खर्च हुन गई ७४.४२ प्रतिशत वित्तीय प्रगति हासिल हुन गएको।
आगामी कार्यक्रमहरू
-झापा स्पोर्टस ऐकेडेमी निर्माणको जग्गा प्राप्सि DPR र EIA सम्पन्न गर्ने लक्ष्य राखिएको।
-भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडी बढाइएको।
-अन्तर्राष्ट्रिय भलिवल कवर्डहल निर्माणका लागि काठमाण्डौं उपत्यका भित्र जग्गा प्राप्तिको कार्य हुदै।
-काठमाण्डौमा Nepal Sports Investment Summit 2025 आयोजना गर्ने तयारी भएको।
-१० औं राष्ट्रिय प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तथा छलफल ।
-नेपालको दोस्रो पुरानो रंगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हल निर्माणको कार्य अगाडी बढेको।
-उच्च हिमाली क्षेत्रमा (दोलखा मुस्ताङ जुम्ला सोलुखुम्बु) जिल्लामा High Altitude Training Center निर्माण अगाडी बढेको।
-युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा ANFA मार्फत प्रथम पटक FIFA Football for School कार्यक्रम अन्तर्गत प्रशिक्षण सहितको ३२ हजार फुटबल वितरण गर्ने जसबाट देशभरका ६ लाख बालबालिकाहरू लाभान्वित हुने ।
-७ वटै प्रदेशमा युवाहरुका लागि सिप मेला र सिप विकास तालिम संचालन गर्ने।
प्रतिक्रिया 4