+

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने

२०८२ साउन  १६ गते १४:१५ २०८२ साउन १६ गते १४:१५
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्न तदर्थ समिति गठन गर्ने निर्णय भएको छ।
  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले २२ खेल संघले बहुमत देखाएर निवेदन दिएको जानकारी दिनुभयो।
  • मन्त्री चौधरीले आईओसी र ओसिएलाई पत्र पठाएर विवाद समाधानका लागि अन्तर्राष्ट्रिय नेतृत्वलाई अन्तिम पत्राचार गर्ने बताउनुभयो।

१६ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिने भएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले एक वर्षको कार्य विवरण सार्वजनिक कार्यकममा ओलम्पिक कमिटिको तदर्थ समिति गठन गर्ने बताएका हुन् ।

मन्त्री चाैधरीले ओलम्पिक कमिटीमा आबद्ध २७ मध्ये २२ खेल संघका पदाधिकारीले मन्त्रालयमा निवेदन दिएर बहुमत भएको बताएपछि यश विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी ) र ओलम्पिक काउन्सिल एसिया (ओसिए) लाई जानकारी गराएको जानकारी दिए ।

‘राखेपमा दर्ता भएका २७ मध्ये २२ खेल संघले हामीलाई निवेदन पठाएको थियो। २२ वटा संघले हामी एनओसीको तदर्थ संघ गठन गर्दैछाैँ भनेर भनेपछि हामीले आईओसी र ओसिएमा परराष्ट्र मार्फत पत्र पठाएको छाैं’ मन्त्री चाैधरीले भने ।

अदालतको आदेश विपरीत अवैध रुपमा कथित साधारण सभा निर्वाचन गरेर नेपाल ओलम्पिक खेल क्षेत्रमा अवैध कब्जा जमाएको भन्दै मन्त्री चौधरीले प्रधानमन्त्रीबाट पनि ओलम्पिक कमिटीको विवाद समाधानका लागि निर्देशन प्राप्त भएको जनाए ।

‘यो सरासर गैरकानुनी भएको भन्दै ओलम्पिक कमिटिमा आवद्ध २२ वटा खेलसंघ र महासंघले समस्या समाधानका लागि निवेदन दिइसकेका र सम्माननीय प्रधानमन्त्रीज्यूबाट समेत ओलम्पिक कमिटिको विवाद चाडो समाधान गरी ओलम्पिकका गतिविधिलाई तिब्रता दिन निर्देशन प्राप्त भइसकेकाले अन्तिम पटक अन्तराष्ट्रिय ओलम्पिक कमिटी नेतृत्वलाई समस्या समाधानका लागि लिखित पत्राचार गर्ने र तदर्थ समिति गठनका लागि प्रक्रिया अगाडी बढाउने विषयमा मन्त्रालय अगाडी बढेको समेत जानकारी गराउन चाहान्छु’ मन्त्री चौधरीले भने।

साथै अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदका लागि नयाँ गठन हुने ओलमापिक कमिटीले काम अघि बढाउने समेत मन्त्री चौधरीले दाबी गरे । ‘२० औँ एसियाली खेलकुद लगायत ओलम्पिकका अन्य अन्तर्राष्ट्रिय गतिविधि लगायतका बारेमा नयाँ गठन हुने नेपाल ओलम्पिक कमिटिको तदर्थ समितिमार्फत अगाडि बढाइने जानकारी गराउन चाहन्छु’ उनले भनेर।

उनले ओलम्पिक विवाद समाधान गर्न अन्तर्राष्ट्रिय नेतृत्वलाई अन्तिम पत्राचार गर्ने र समिति गठनको प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए।

नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय