+
+
Shares

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी हुँदैन : आईजीपी अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १६:१५
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले विपद् प्राथमिकतामा नराखिए क्षति न्यूनिकरण प्रभावकारी नहुने बताए।
  • अर्यालले संविधान, मौलिक हक र मानव अधिकारको रक्षा गर्न विपद् न्यूनिकरणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
  • नेपालमा वार्षिक सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने भएकाले यसलाई गम्भीरताका साथ लिन आग्रह गरे।

१६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

शुक्रबार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए ।

उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्यूनिकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे । विपद् न्युनिकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए ।

विपद् न्यूनिकरणका लागि सबै निकायहरुबीचमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?