+

कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण भदौ १३ देखि

२०८२ साउन  १६ गते १७:४५ २०८२ साउन १६ गते १७:४५
कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण भदौ १३ देखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण भदौ १३ देखि १६ सम्म बुढानीलकण्ठको रोयल स्पोर्ट्स पार्कमा हुने भएको छ।
  • प्रतियोगितामा २० टिम चार समूहमा विभाजन गरेर १० ओभरको लिग कम नकआउट प्रारुपमा ४७ खेल हुनेछन्।
  • विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई ट्रफी र विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

१६ साउन, काठमाडौं । भेट्रान्स फोर्टी क्लबको आयोजनामा र ब्राण्ड लजिकको सहकार्यमा भायानेट कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण आगामी भदौ १३ देखि १६ (अगस्ट २९ देखि सेप्टेम्बर १) सम्म बुढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा हुने भएको छ।

प्रतियोगितामा २० टिमको सहभागिता रहनेछ। खेल १० ओभरको हुनेछ र टिमलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउट प्रारुपमा खेलाइनेछ। चार दिन चल्ने प्रतियोगितामा ४७ खेल हुनेछन्।

विजेता र उपविजेताले ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, ब्याटर, बलर, फिल्डर, विकेटकिपर लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

साथै, फेयर प्ले टिम, सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।

कर्पोरेट क्रिकेट लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय