+
+
Shares

रेवतीरमण खनाल स्मृतिग्रन्थ प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते १३:५७

१७ साउन, काठमाडौं । पूर्वप्रशासक एवं कानूनविद् रेवतीरमण खनालको सम्झनामा तयार पारिएको रेवतीरमण खनाल स्मृतिग्रन्थ प्रकाशित भएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश एवं लेखक टोपबहादुर सिंह तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बासुदेव त्रिपाठीले राजधानीमा आयोजित एक समारोहमा स्मृतिग्रन्थ लोकार्पण गरे ।

तत्कालीन राजा वीरेन्द्रका प्रमुख सचिव रेवतीरमण खनालले लेखक, कानूनका अध्यापक एवं प्रशासनविद्को रुपमा ख्याति कमाएका थिए । उनले लेखेको नेपालको कानूनी इतिहासको रूपरेखा नाम पुस्तकले २०५९ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । १९९० सालमा जन्मिएका खनालको २०७७ सालमा निधन भएको थियो ।

खनालको जीवनको विभिन्न पक्षमाथि उनका सहपाठी, सहकर्मी एवं उनलाई नजिकबाट चिन्नेहरुले लेखेका संस्मरण, दृष्टिकोण र अनुभूतीहरु संग्रहित गरेर स्मृतिग्रन्थ प्रकाशित भएको हो ।

तनहुँमा जन्मिएका खनाल पछि राजप्रासाद सेवामा प्रवेश गरेका थिए र राजदरवारको प्रमुख सचिव बनेका थिए ।

खनालले नेपालको प्रशासनिक क्षेत्रमा पुर्‍याएको योगदान एवं पुस्तकका वारेमा प्राध्यापक घनश्याम कँडेल र सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाले टिप्पणी गरेका थिए ।

विभिन्न लेखकले खनालका बारेमा लेखेका ८७ वटा लेखहरु उक्त स्मृतिग्रन्थमा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?