+
+
Shares

जनार्दन लक्षित वर्षमानको टिप्पणी : रिस उठ्यो भन्दैमा भाग्न पाइँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग असमझदारी हुँदा पार्टी छाडेर भाग्न नपाइने बताएका छन्।
  • पुनले नेताहरुबीचको सम्बन्ध मैत्रीपूर्ण नभए रुपान्तरणमा सहयोग नहुने र नेताहरुका कमजोरी आलोचनाभन्दा माथि नभएको उल्लेख गरे।
  • उपमहासचिव जनार्दन शर्माको अभिव्यक्तिपछि अध्यक्ष प्रचण्डले सिंगौरी खेल्न छुट दिएको जवाफ दिएका थिए।

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरहेका बेला पुनले रिस उठ्दैमा पार्टी छाडेर भाग्न नमिल्ने बताएका हुन् ।

नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे । ‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौ’, उनले भने ।

किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२औं स्मृति दिवसको सन्दर्भमा माओवादी पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा कार्यक्रममा बोल्दै पुनले व्यवस्था बदल्ने संघर्षबाट आएको भन्दै भाग्न नमिल्ने तर्क गरे ।

‘जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरुका सपनाको जिम्मा लिनुपर्छ’, उनले भने ।

सत्तारुढ दल र माओवादीविरोधीहरुले पार्टीलाई फुटतर्फ लैजान प्रयसा गर्न सक्ने भन्दै उनले नेताकार्यकर्ता सचेत हुनुपर्ने बताए ।

उपमहासचिव पुनले अध्यक्ष प्रचण्डसहित नेताहरु पनि कमजोरी र आलोचनाभन्दा माथि नभएको बताए । तर, नेताहरुबीचको सम्बन्ध मैत्रीपूर्ण, सौहार्द नभए रुपान्तरणमा सहयोग नहुने उनको भनाइ छ ।

केही दिन अघि काठमाडौंमा भएको एक कार्यक्रममा पनि उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए । शर्माको उक्त अभिव्यक्तिपछि प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै सिंगौरी खेल्न आफूले छुट दिएको जवाफ दिएका थिए ।

पार्टीमा अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्गप्रशस्त गर्नुपर्ने एजेन्डा उठाउँदै आएका उपमहासचिव शर्मालाई लक्षित गर्दै अर्का उपमहासचिव पुनले रिस उठ्दैमा पार्टी छाडेर जान नहुने भन्दै ढाडस दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?