
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन्।
- बैठकमा संगठन निर्माण, विकास र विस्तारमा योजना सहित केन्द्रीत हुनुपर्ने र नयाँ विचार संश्लेषणका लागि बहस थालनी गर्नुपर्ने विषय उठेको छ।
- स्थायी समिति बैठकमा १८ सदस्य, ५ पदाधिकारी र १ अनुशासन आयोग पदाधिकारीले धारणा राखेका छन्।
१७ साउन, काठमाडौैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको बैठकमा धारणा राख्ने नेताहरूले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन विधि पद्धती र प्रक्रियालाई कडाइपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
संगठन निर्माण, बिकास र विस्तारमा योजना सहित केन्द्रीत हुन आवश्यकका साथै शुद्धिकरण र रुपान्तरणका विषय विशेष रुपमा उठेको उनले बताए । सापकोटाले नयाँ विचार संश्लेषण र विचारको बिकासका लागि बहसको थालनी गर्नुपर्ने बिषय बैठकमा उठेको उल्लेख गरे ।
पार्टीका विषयमा आएका सवै बिषयमा सहज ढंगले बैठकमा छलफल भएको भन्दै उहाले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताए । एकता, संघर्ष र रुपान्तरण पार्टीको सिद्धान्त भएकाले बैठकको अन्तिमसम्म जादा पार्टी थप एकताबद्ध हुने उनले बताए ।
स्थायी समिति बैठकमा शनिबार आज १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
बैठक आइतबार ११ बजे देखि पुन सुचारू हुने बताइएको छ ।
प्रतिक्रिया 4