
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले विराटनगर महानगरका १७ वडामा नयाँ नेतृत्व चयन भएको छ भने दुई वडाको अधिवेशन स्थगित भएको छ।
- १४ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ र ३ वडामा मतदान गरिएको छ।
- संस्थापन पक्षका अध्यक्ष २ वडामा आएका छन् भने बाँकी १४ वडामा इतर पक्षका अध्यक्ष चयन भएका छन्।
१७ साउन, विराटनगर । नेकपा एमाले विराटनगर महानगरका १९ वडा मध्ये १७ वडामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार एकै दिन १७ वडाले अधिवेशन गरेका हुन् ।
दुई वटा वडाको अधिवेशन स्थगित भएको छ । १४ वडा कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । ३ वडामा भने मतदान भएको थियो ।
वडा अधिवेशनमा पनि नेकपा एमाले दुई लाइन प्रष्ट देखिएकाे छ । संस्थापन पक्ष र विद्यादेवी भण्डारी पक्ष देखिएकाे हाे । यसअघि महानगर अधिवेशन र जिल्ला अधिवेशनमा विनोद ढकाल समूह विजयी भएको थियो । ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे समूहमा छन् ।
नयाँ नेतृत्व चयन भएका १६ वटा वडा मध्ये २ वटा संस्थापन पक्ष आएकाे छ । बाँकी १४ वडामा इतर पक्ष नेतृत्वमा आएकाे छ ।
महानगरकाे वडा नम्बर ७ र ९ को वडा अधिवेशन भने साउन २५ गते भित्र गर्नेगरी स्थगित भएको नगर सचिव विज्ञान चापागाईंले जानकारी दिए ।
उनका अनुसार १४ वटा वडाकाे नेतृत्व सर्वसम्मत रुपमा चयन भएकाे छ । विराटनगरको वडा नम्बर ४, १० र १४ को नेतृत्वका लागि भने मतदान भएको हो ।
तेश्रो वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा इश्वर रिजाल, २ मा प्रविणचन्द्र कर्ण, ३ मा इश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी, ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी सर्वसम्मत भएका छन् । ९ वटा वडा कमिटीमा अध्यक्षहरुमा पुन दोहोरिएका हुन् ।
निर्वाचन भएकाे वडा नम्बर १० मा कृष्ण तिम्सिना विजयी भएका छन् । वडा नम्बर १४ मा सन्तोष शर्मा निर्वाचित भए । वडा नम्बर ४ को नतिजा आउन बाँकी छ ।
वडा नम्बर ११ र १६ का वडाध्यक्ष संस्थापन पक्षका हुन् । बाँकी ढकाल पक्षका हुन् । ढकाल पक्षमा रहेको भनिएका दुई वटा वडाका अध्यक्ष भने दुवै पक्षमा रहेको एमाले नेताहरु बताउँछन् ।
प्रतिक्रिया 4