News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मुक्केबाज अप्रिल रानाले एसियाली बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमा साउदी अरबका इब्राहीमलाई पराजित गरेका छन्।
- रानाले क्वाटरफाइनलमा भुटानी मुक्केबाजसँग प्रतिस्पर्धा गर्नेछन् र जिते नेपालले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ।
- प्रतियोगितामा २५ राष्ट्रका ५ सयभन्दा बढी खेलाडी सहभागी छन्।
१७ साउन, काठमाडौं । एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को आयोजनामा मित्र राष्ट्र थाइल्याण्डको राजधानी बैकंक शहरमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेका छन् ।
नेपाली मुक्केबाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० अंकको आधारमा जिबत हासिल गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् ।
रानाले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसँग प्रतिस्पर्धा गर्नेछन् । भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कांस्य निश्चित गर्ने छ ।
अगष्ट १ मा सम्पन्न खेलहरुमा यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसंग आरएसीसीका आधारमा पराजित भए ।
आईबिए थ्री स्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली जुलाई ३० मा बैकंक प्रस्थान गरेको थियो ।
को–ओर्डिनेटर अवालेका अनुसार प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी छन् ।
प्रतिक्रिया 4