+

एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तलाई कास्य पदक

२०८२ साउन  १८ गते १७:२८ २०८२ साउन १८ गते १७:२८
एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तलाई कास्य पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा जुनियर पुरुष ४२ केजीमुनि कास्य पदक जितेका छन्।
  • प्रतियोगिता दक्षिण कोरियाको चेओङ्जु सहरमा जुलाई ३० देखि अगष्ट ५ सम्म चलेको थियो।
  • प्रशान्त सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कास्य पदकमा सीमित भए।

१८ साउन, काठमाडौं । नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए ।

एसियाली कुराश महासंघको आयोजनामा जुलाइ ३० तारिखदेखि सुरु भइ अगष्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेईं), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट २ खेलाडी सहभागी छन् । नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन् ।

प्रतियोगिताका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ ।

एसियन कुराश च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय