+

नेपाली यू–२० महिला रग्बी टोली घोषणा

२०८२ साउन  १८ गते १७:३४ २०८२ साउन १८ गते १७:३४
नेपाली यू–२० महिला रग्बी टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रग्बी संघले आगामी साउन २४ देखि २७ गते भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि १३ सदस्यीय नेपाली महिला यु–२० टोली घोषणा गरेको छ।
  • नेपाली टोलीले सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको छ र आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
  • प्रतियोगितामा एसियाका ११ राष्ट्रका समान ८–८ पुरुष र महिला युथ टोलीले बिहारस्थित राजगीर रंगशालामा प्रतिस्पर्धा गर्नेछन्।

१८ साउन, काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यू–२० महिला रग्बी टोली घोषणा गरेको छ ।

भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो ।

पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो । नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए ।

यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८-८ पुरुष र महिला युथ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

बिहारस्थित राजगीर रंगशालामा खेल खेलाइने रग्बी संघले जनाएको छ ।

नेपाली यू–२० महिला रग्बी टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय