+
+
Shares

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको बैठक १२ घण्टादेखि जारी

छानबिन विशेष समितिका सभापति जीवन परियार आज अन्तिम दिन रहेकाले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । यस निम्ति बैठक लम्बिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक १२ घण्टादेखि जारी छ।
  • छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिएर भोलि प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेको छ।
  • छानबिन समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपा गरी विभिन्न दलका सदस्यहरू छन्।

१८ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक १२ घण्टादेखि जारी छ ।

बिहान साढे ७ बजेदेखि सुरु भएको दिउँसोसाढे १२ बजेतिर खाना खानका लागि ब्रेक भएको थियो । खाना समयमा सांसदहरू केही बेर आन्तरिक छलफलमा समेत जुटे । सत्तापक्षका सांसदहरूले एमाले संसदीय दलको बैठकमै पुगेर पार्टीका नेताहरूको राय लिए ।

त्यसपछि पुनः सुरु भएको बैठक जारी छ । छानबिन विशेष समितिका सभापति जीवन परियार आज अन्तिम दिन रहेकाले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । यस निम्ति बैठक लम्बिएको हो ।

गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो । थपिएको म्याद आज राति १२ बजे सकिँदैछ ।

छानबिन समितिमा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

आज प्रतिवेदनलाई अन्तिम रुप दिएर भोलि प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ । यस निम्ति बैठक १२ घण्टादेखि जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?