
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि सोमबार प्रतितोला ५ रुपैयाँले बढेर २२५५ रुपैयाँ पुगेको छ।
१८ साउन, काठमाडौं । सोमबार पनि सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५० रुपैयाँ रहेको चाँदी आज २२५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4