
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, दशैंपछि तिहार अघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको हो ।
‘केन्द्रीय समितिको बैठक दशैं पछि तिहार अघिको समयमा बस्ने निर्णय भएको छ,’ प्रवक्ता सापकोटाले भने ।
त्यस्तै, पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि सुरु गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4