+
+
Shares

अघिल्लो वर्ष भन्दा कक्षा १२ को नतिजा ९ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १८:३८

१९ साउन, काठमाडौं । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए ।

उनका अनुसार, कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै, आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?