+
+
Shares

इजाजत नलिई सञ्चालित ६ एजुकेसन कन्सल्टेन्सीलाई सवा ३ लाख जरिबाना

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत सोमबार ५ वटा एजुकेसन कन्सल्टेन्सीलाई ३ लाख २४ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ६ एजुकेसन कन्सल्टेन्सीलाई इजाजत नलिई सञ्चालन गरेको कारण जरिबाना तिराएको छ।
  • अनुगमन टोलीले काठमाडौंका ५ एजुकेसन कन्सल्टेन्सीलाई कुल ३ लाख २४ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • तीन एजुकेसन कन्सल्टेन्सीलाई ३ दिनभित्र काजजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

१९ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ६ एजुकेसन कन्सल्टेन्सीलाई कारबाही गरेको छ ।

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत सोमबार ५ वटा एजुकेसन कन्सल्टेन्सीलाई ३ लाख २४ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१६ मा रहेको साकुरा इन्टरनेसनल ल्यांग्वेजज एकेडेमी, वडा नम्बर १४ को कलंकी इन्फोसिस एजुकेसन प्रालि, वडा नम्बर ३ को शार्क एजुकेसन कन्सल्टेन्सी र वडा नम्बर २२ को बाबा एजुकेसन कन्सल्टेन्सी प्रालिलाई समान ५१–५१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

विभागले काठमाडौं–३ को द डयर एजुकेसन एन्ड माइग्रेसन प्रालिलाई ७० हजार रुपैयाँ र काठमाडौं–२८ को काठमाडौं आकारुई एजुकेसन कन्सल्टेन्सीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको जानकारी दिएको छ ।

विभागका अनुसार कारबाही गरिएका यी ६ कन्सल्टेन्सीले संघ र प्रदेश दुवैबाट इजाजत नलिई सञ्चालन भई सेवा प्रवाह गरिरहेको पाइएपछि जरिबाना तिराइएको हो ।

यस्तै विभागले आज अनुगमन गरेकामध्ये ३ वटा एजुकेसन कन्सल्टेन्सीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित काजजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ९ वटालाई सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?