+
+
Shares

सरकार वा सीआईबीले प्रसाईंलाई आजै राति नपक्रिएला : सुनील शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते २३:१२

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले अदालतले दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएकोप्रति खुशी व्यक्त गरेका छन् ।

प्रसाईंलाई अदालतले धरौटीमा छाड्ने दिएलगत्तै सांसद शर्मा उनलाई भेट्न डिल्लीबजार कारागार पुगेका थिए

प्रसाईंको रिहाइभन्दा अघि कारागारबाट निक्लिएका सांसद शर्माले सञ्चारकर्मीसँग भने, ‘न्याय मरेको छैन भन्ने प्रमाणित भयो ।’

साथै उनले सिद्धान्त, विचार अलग भएपनि आफूहरू साथी भएको प्रतिक्रिया दिए ।

आफू पनि झापामा जन्मिएको प्रसंग जोड्दै कारागार पुग्नुलाई ‘परेको बेला आएको’ भनेका छन् । ‘म झापामा जन्मिएको मान्छे हुँ, मलाई परेको बेला पनि उहाँ आउनुभएको थियो, सिद्धान्त, विचार हाम्रो अलग हो, यद्यपि मानवीय नाताले साथीभाईलाई सहयोग गर्ने कुरा हुन्छ’, सांसद शर्माले भने ।

कारागार पुगेर आफूले जेलरसँग कुरा गरेको भन्दै शर्माले प्रसाईं पुन: पक्राउ पर्न सक्ने संशय व्यक्त गरे ।

‘यहाँ आएर जेलर साबसँग कुरा गरें, अनि सीआईबीको चिठी आएको रैछ हिजो मात्रै’, उनले भने, ‘आदेशहरु कुनै आयो भने र छोड्नुपर्यो भने हाम्लाई जिम्मा लाउनु भन्ने रहेछ, राति सीआईबीसँग कोअर्डिनेसन गरेर अब उहाँ पूर्णरुपमा मुक्त हुनुभयो, मलाई लाग्छ सरकार वा सीआईबीले आजै राति पक्रँदैन ।’

कारागारबाट रिहा भएर प्रसाईं भक्तपुरस्थित घर गएको सांसद शर्माले बताए । सांसद शर्मा समेत मेडिकल व्यवसायी हुन् । उनको विराटनगर र काठमाडौंमा गरी दुई वटा मेडिकल कलेज छन् । प्रसाईं समेत मेडिकल व्यवसायी भएकाले भेट्न गएको उनको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?