+
+
Shares

निजामती ऐन नबनेसम्म कुलिङ अफ पिरियड राख्न हुँदैन भनेर लागिरहन्छु : मुख्यसचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १६:४१

२० साउन, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामती ऐन नबनेसम्म कुलिङ अफ पिरियड राख्नुहुँदैन भनेर लागिरहने बताएका छन् ।

संसदीय विशेष छानबिन समितिमा सोधपुछका क्रममा उनले यस्तो बताएका हुन् ।

अर्यालसँग छानबिन समितिले यही साउन ४ गते सोधपुछ गरेको थियो । त्यसक्रममा उनले यस्तो बताएका हुन् ।

सोधपुछका क्रममा उनले भनेका छन्, ‘कुलिङ अफ पिरियड राखुहुँदैन भनेर हामी हाम्रो हकअधिकारको रूपमा लागेकै हो । अझै त्यही माग छ । यो विधेयक ऐन नबनेसम्म राखुहुँदैन भनेर लागिरहन्छु ।’

शीर्ष नेताहरूलाई भेटेर लबिङ गरेको पनि उनले स्वीकारेका छन् ।

सोधपुछका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ‘कुलिङ अफ पिरियड राखुहुँदैन भन्ने माग राखेकै हो’ भनेका छन् ।

राज्य व्यवस्था समितिबाट विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेलाई ‘कुलिङ पिरियड राख्नुहुँदैन भन्न गएकै हो’ भनेका छन् ।

समिति सदस्यहरूले देउसी भैलो किन गरेको भनेर सोधेको प्रश्नमा उनले भनेका छन्, ‘देउसी भैलो गर्न नभई पदीय हैसियतले आफ्नो कुरा राखेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?