
News Summary
Generated by OK AI. Editorially reviewed.- २० साउनमा टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी भएको छ र बजारमा कुल ९ अर्ब ३३ करोडको कारोबार भएको छ।
- टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब १४ करोडको खरिद र ३ अर्ब २८ करोडको बिक्री भएको छ।
- नेप्से परिसूचक ४१ अंकले घटेको छ र हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, बुटवल पावर लगायत कम्पनीमा बढी कारोबार भएको छ।
२० साउन, काठमाडौं । केही दिनयता नै टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री चाप बढी आएको छ । बजारको अंक घट्दै गएसँगै टप १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी देखिँदै आएको छ ।
आज मंगलबार पनि यी कम्पनीको खरिदभन्दा बिक्री बढी देखिएको छ । आज बजारमा कुल ९ अर्ब ३३ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत आज कुल ३ अर्ब १४ करोडको धितोपत्र खरिद हुँदा ३ अर्ब २८ करोडको बिक्री भयो ।
यस दिन ६ वटा ब्रोकरमार्फत बिक्री बढी देखिएको छ भने ४ मार्फत खरिद बढी भएको छ । नासा, सनी, त्रिशक्ति र डायनामिकमार्फत खरिद बढी भएको छ ।
त्यस्तै इम्पेरियल, भिजन, अनलाइन, श्रीहरि, आर्यतारा र एबीसीमार्फत बिक्री धेरै भएको छ । आज टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, बुटवल पावर, ङादी ग्रुप, लुम्बिनी विकास बैंक छन् । आज नेप्से परिसूचक ४१ अंक घटेको हो । (ब्रोकरको विस्तृत कारोबार हेर्न यहाँ क्लिक गर्नुहोस्)
प्रतिक्रिया 4