+

राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका खेलाडीको परिक्षण

२०८२ साउन  २१ गते ९:१५ २०८२ साउन २१ गते ९:१५
राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका खेलाडीको परिक्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धन केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भएका छन्।
  • मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडीको परीक्षण गरिएको छ र फुटबल खेलाडीको परीक्षण जारी छ।
  • केन्द्रले बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स लगायतका विषयमा परीक्षण गरी खेलाडीको प्रशिक्षण प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

२१ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धन केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भएका छन् ।

मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको हो । फुटबल खेलाडीको परीक्षण पनि जारी छ । एक सातापछि अन्य खेलका खेलाडीको परीक्षण पनि सम्पन्न हुने केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले जनाएका छन् ।

बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आईसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्टर, शारीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौड्ने क्षमता, निर्णय गर्ने क्षमतालगायतका विषयमा परीक्षण गरिएको थियो ।

राखेपले अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परिक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उदेश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा स्थापना गरिएको केन्द्रको गत असार २४ गते प्रधानमन्त्री केपी शेर्मा ओलीले उद्घाटन गरेका थिए ।

खेलाडीको परीक्षण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय