
News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’को छायांकन ग्लास्गोमा सुरु भएको छ।
- अभिनेता टम हल्याण्डले शीर्ष भूमिका पिटर पार्करको रूपमा अभिनय गर्नेछन्।
- फिल्मको प्रदर्शन ३१ जुलाई २०८३ मा हुने अपेक्षा गरिएको छ।
लण्डन । विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान’को नयाँ श्रृंखलाको छायांकन ग्लास्गोमा सुरु भएको छ । प्राप्त भिडियो र तस्वीरमा अभिनेता टम हल्याण्डले छायांकन थलोमा प्रशंसकलाई भेटिरहेको देखिन्छ ।
नयाँ श्रृंखलाको नाम ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’ राखिएको छ ।
स्कटल्याण्डमा छायांकन भएको अभिनेता हल्याण्डको यो लगातार दोस्रो फिल्म हो । उनी गत महिना इन्भरनेस र मोरे वरपरका विभिन्न स्थानमा क्रिस्टोफर नोलनको ‘द ओडिसी’को सुटिङको बेला देखिएका थिए ।
ग्लासगो शहरको केन्द्रका केही भागलाई अमेरिकी सहर जस्तो देखिने गरी सजाइएको छ र त्यहाँ छायांकन दुई हप्तासम्म चल्ने तालिका छ ।
आइतबार हल्याण्डलाई लगभग १०० जनाको भीडलाई सम्बोधन गर्नुअघि पोशाकमा एक्सन दृश्यको छायांकन गरिरहेको देखिएको थियो । सहरको केन्द्रका ठूला भाग छायांकनको लागि बन्द गरिएको छ ।
यो फिल्म हालैका वर्षहरूमा सहरमा छायांकन गरिएका हलिउड ब्लकबस्टर फिल्महरूको लामो लाइनमा पछिल्लो हो ।
‘स्पाइडरम्यान’को पछिल्लो फिल्मको चर्चा गर्दा यसमा हल्याण्डले शीर्ष भूमिका स्पाइडरम्यान अर्थात पिटर पार्करको भूमिका निर्वाह गर्नेछन् । जुलाई ३१, २०२६ मा फिल्म प्रदर्शन हुने अपेक्षा गरिएको छ ।
यो फिल्मलाई डेस्टिन डेनियल क्रेटनले निर्देशन गरिरहेका छन् ।
प्रतिक्रिया 4