
२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
प्रवक्ता मनिष झाका अनुुसार बैठक बोलाउने निर्णय भएपनि एजेण्डाहरु भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँभसम्म निश्चित हुने झाले जानकारी गराए ।
रास्वपाले मंगलबार सचिवालय बैठक बोलाएको थियो । सचिवालय बैठकमा मुख्यगरी रुपन्देही–३ को उपनिर्वाचको छलफलमा केन्द्रित रहेको नेताहरूले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4