News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधबार भारतको उडिसा प्रस्थान गरेको छ।
- अगष्ट १० मा हुने प्रतियोगितामा पुरुषतर्फ आदेशकुमार यादवसहित सात र महिलातर्फ कलेसी चौधरीसहित पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरले टोलीलाई बिदाइ गरेका छन्।
२१ साउन, काठमाडौं । प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधबार भारतको उडिसा प्रस्थान गरेको छ ।
अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन् । महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन् ।
पुरुषतर्फ आदेशले १०० मिटर, सोमबहादुर र प्रकाशले ४०० र मुकेशले ५००० मिटर दौडनेछन् । यस्तै सलिमले लङजम्प, डिल्लीले त्रिपलजम्प, रोहिलतले ज्याभलिन थ्रोमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ कलेसीले ४०० मिटर र नारायणीले ८०० मिटर दौडनेछन् । पूर्णलक्ष्मीले ५००० मिटर दौडनेछिन् । सिमाकुमारीले लङजम्प र चन्द्रकलाले ज्याभलिन थ्रो मा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
प्रतिक्रिया 4