
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार घट्दा पनि तीन दिनयता माइक्रोफाइनान्स समूह १.४१ प्रतिशतसम्म बढेको छ।
- माइक्रोफाइनान्स कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश पाउने व्यवस्था कार्यान्वयन हुने आशाले लगानीकर्ता आशावादी भएका छन्।
- राष्ट्र बैंकले गत वर्षकै नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश पाउने व्यवस्था तयारी गरेकोले बजारमा सकारात्मक प्रभाव परेको छ।
२१ साउन, काठमाडौं । सेयर बजार घट्दा पनि तीन दिनयता माइक्रोफाइनान्स बढिरहेको छ । बुधबार पनि समग्र बजार परिसूचक नेप्से ०.०६ प्रतिशत घट्दा माइक्रोफाइनान्स सबैभन्दा धेरै १.४१ प्रतिशत बढ्यो । यसअघि सोमबार ०.६२ तथा मंगलबार ०.५० प्रतिशत बढेको थियो ।
यतिबेला माइक्रोफाइनान्समा लगानीकर्ता तथा कारोबारी दुवै आशावादी छन् । यसको प्रमुख कारण हो– ती कम्पनीले १५ प्रतिशत बढी लाभांश पाउने व्यवस्था कार्यान्वयन हुने आश ।
हालै सार्वजनिक गरिएको मौद्रिक नीतिमा लघुवित्त कम्पनीले बाँड्न पाउने १५ प्रतिशतको लाभांश सीमालाई पुनरावलोकन गर्ने भनी उल्लेख गरिएको छ । तर मौद्रिक नीतिमा जनाइएका प्रतिवद्धता कार्यान्वयनमा १ वर्ष पनि लाग्न सक्छ ।
यहीं कारण पुनरावलोकन कहिले हुने भन्ने अनिश्चितता लगानीकर्तामा रहँदै आएको थियो । तर पछिल्लो समय राष्ट्र बैंकले गत वर्षकै नाफाबाट १५ प्रतिशत बढी लाभांश पाउने व्यवस्था कार्यान्वयन गर्नेगरी तयारी गरेपछि लगानीकर्तामा यो समूहप्रति आश बढेको छ ।
यहीं कारण बुधबार मूल्य धेरै बढेका १० कम्पनीमा ८ वटा माइक्रोफाइनान्स मात्रै परे । विन नेपाल लघुवित्त तथा मानुसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । समाजको ७.९३, स्वाभिमानको ७.८३, सीवाईसीको ६.५८, उन्नति सहकार्यको ६.३२, मानुषीको ५.९९, युनिक नेपालको ४.६२ प्रतिशत मूल्य बढ्दै टप १० कम्पनीभित्र पर्न सफल भए ।
बजार घट्दा समग्र समूह सबैभन्दा धेरै बढ्नु र मूल्य बढेका अधिकांश कम्पनीमा माइक्रोफाइनान्स पर्नुले लगानीकर्ता तथा कारोबारीमा लाभांशको आश बढेको छ । दुई वर्षदेखि नै नियामकीय व्यवस्थाका कारण माइक्रोफाइनान्स कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश रोक्दै आएका छन् ।
लघुवित्त वित्तीय संस्थाहरूमा समस्या बढ्न थालेपछि केन्द्रीय बैंकले जोखिम न्यूनीकरण भन्दै कात्तिक २०७९ मा १५ प्रतिशतको सीमा तोकेको थियो । लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण प्रस्ताव गरे १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
त्योबाहेक अन्य कोषमा पनि रकम जम्मा गर्नुपर्ने भएपछि लघुवित्तले १५ प्रतिशतभन्दा कम लाभांश वितरण गर्दै आएका थिए । यसपटक बढी लाभांश पाइने आशले बजारमा यो समूह तीन दिनदेखि लगातार बढिरहेको छ ।
प्रतिक्रिया 4