+
+
Shares

बारामा फलामले लागेर क्रेन अपरेटरको मृत्यु

रासस रासस
२०८२ साउन २२ गते ८:५५

२२ साउन, निजगढ (बारा) । जीतपुर सिमरा उपमहानगरपालिका-९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।

क्रेनले फलाम उठाउने क्रममा आफैंलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?