+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कालीगण्डकी नदीमा आमा-छोरा बेपत्ता भएको आशंकामा खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते ८:३३
कालीगण्डकी नदी । फाइल फोटो

२२ साउन, काठमाडौं । सशस्त्र प्रहरीले कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी जारी राखेको छ । साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो । ती सामान कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनको ६ वर्षीय छोरा अर्पित पाण्डेको रहेको बुझिन आएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाको भनाइ छ ।

‘उनीहरु सम्पर्कमा समेत नरहेकाले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा  सुरक्षाफौज  परिचालन गरी खोजी कार्य शुरु गरिएको हो,’ सहप्रवक्ता थापाले भनेका छन् ।

बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?