
२२ साउन, काठमाडौं । नेपाल र भारत बीच द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न थिंक ट्याङ्क स्तरमा एक महत्वपूर्ण सम्झौता भएको छ।
नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वल्र्ड अफियर्स (आईसीडब्लुए) बीच बिहीबार दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार दुई संस्था बीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवद्र्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गर्नेछ । यसले अर्थपूर्ण संवाद र साझेदारीलाई सहज बनाउन कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विभिन्न क्षेत्रहरूमा दुवै देशका महत्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ।
सम्झौता अनुसार दुवै पक्षले वैकल्पिक रूपमा भारत वा नेपालमा आयोजना हुने पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय सेमिनार, गोष्ठी र प्यानल छलफल जस्ता संयुक्त कार्यक्रमहरू आयोजना गर्नेछन्।
सहयोगको दायरामा प्रकाशनहरूको आदान–प्रदान, संस्थागत वेबसाइटहरू बीच डिजिटल लिङ्कहरू स्थापना गर्ने र सम्बन्धित क्षेत्रका प्रख्यात व्यक्तिहरूको पारस्परिक भ्रमणलाई समर्थन गर्ने कार्य पनि समावेश छ।
आईआरजीडीडीकी अध्यक्ष डा. ढकालले आईआरजीडीडी र आईसीडब्लुए बीचको सहकार्यले दक्षिण एसियामा अनुसन्धानमा आधारित, समानुभूतिपूर्ण कूटनीतिक संस्कृतिलाई प्रवद्र्धन गर्न योगदान पुर्याउने बताइन् ।
‘हामी प्रतिक्रियालाई प्रतिबिम्बमा बदलौं । धारणालाई बुझाइमा बदलौं । साथ मिलेर कथालाई पुनः लेखौं,’ डा. ढकालले भने, ‘मलाई विश्वास छ कि आईआरजीडीडीले आईसीडब्लुएसगको साझेदारीमा दक्षिण एसिया र त्यसभन्दा बाहिर अनुसन्धानमा आधारित र अग्रगामी कूटनीतिक संस्कृति निर्माण गर्न सक्रिय रूपमा योगदान गर्नेछ।’
आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक र अतिरिक्त सचिव पूर्वराजदूत महावरले आईआरजीडीडी र आईसीडब्लुएले दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको बताइन्।
उनले भारत–नेपाल सम्बन्ध परम्परागत कूटनीतिभन्दा बाहिर रहेको र यही तथ्यले हामीलाई दुवै पक्षमा राजनीतिक उतारचढाव सहन सक्षम बनाउने बताइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी प्रथम नीति अन्तर्गत नेपाल एक अत्यन्त महत्वपूर्ण साझेदार भएको उल्लेख गरिन्।
सम्झौता कार्यक्रममा महावर, नेपाल र भारत दुवै देशका कूटनीतिज्ञ, विद्वान र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिती रहेको थियो । साथै ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकाल र दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापा पनि उपस्थित थिए।
सम्झौतापत्रले पारस्परिक परामर्श मार्फत संशोधन र भविष्यको सहयोग संयन्त्रहरूको लागि लचिलोपनलाई पनि अनुमति दिन्छ । सम्झौता पत्र हस्ताक्षर भएपछि लागू हुन्छ र नागरिक समाज संवाद मार्फत जनता–जनता सम्बन्धलाई जोड्ने रणनीतिक पहलको रूपमा काम गर्दछ।
यो साझेदारीले क्षेत्रीय शान्ति, सहयोग र साझा विकासमा योगदान पुर्याउने विद्वान, कूटनीतिज्ञ, मिडिया र पेशेवरहरूको बलियो सीमापार सञ्जाल निर्माण गरेर भारत–नेपाल सम्बन्धलाई नया गति प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्झौताले कूटनीतिमा बढ्दो प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ जहा थिंक ट्याङ्क र संवाद प्लेटफर्महरूले रचनात्मक द्विपक्षीय र क्षेत्रीय कथाहरूलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छन् ।
यसैबीच, राजदूत डा. ढकालले आईसीडब्लुएमा भएको कार्यक्रममा ‘आधुनिक वास्तविकता, एक ऐतिहासिक मित्रताः नया“ युगको लागि नेपाल–भारत सम्बन्धको निर्माण’ विषयक व्यक्तव्य प्रस्तुत गरेकी थिइन् । उक्त अवशरमा जनता, प्रगति र शान्तिमा जरा गाडेको परिवर्तनकारी नेपाल–भारत सम्बन्धको व्याख्या गरिन्।
स्पेन र ओमानका लागि पूर्व राजदूत डा. ढकालले खाडी र युरोप दुवैमा नेपालको राजदूतको रूपमा आफ्नो अनुभव रहेको पनि बताइन् । डा. ढकालले २१ औं शताब्दीमा कूटनीतिको विकसित भूमिकाको बारेमा प्रतिबिम्बित गरिन्।
उनले थपिन्, ‘कन्सुलर सेवादेखि सांस्कृतिक आदान–प्रदानसम्म, आप्रवासी अधिकारको सुरक्षादेखि कनेक्टिभिटी विस्तारसम्म तथा जनताद्वारा संचालित कूटनीतिले शान्ति, समृद्धि र साझेदारी प्रदान गर्दछ,’ उनले भनिन् ।
नेपाल–भारत सम्बन्धलाई सभ्यताको निरन्तरता रहेको उल्लेख गर्दै डा. ढकालले दुई राष्ट्रहरूलाई जोड्ने गहिरो आध्यात्मिक, भाषिक र पारिवारिक बन्धनमा जोड दिइने । ‘जनकपुरदेखि अयोध्या, पशुपतिनाथदेखि वाराणसी र लुम्बिनीदेखि बोधगया केवल भौतिक मार्गहरू मात्र नभई, शताब्दीयौंदेखि सहअस्तित्वले बग्ने भावनात्मक पक्षहरु हुन्,’ उनले थपिन् ।
उनले वर्तमान भूराजनीतिक वास्तविकतालाई स्वीकार गर्दै भारतको विश्वव्यापी शक्तिको रूपमा उदयको प्रशंसा गरिन् । शान्ति र विकासमा सार्वभौम साझेदारको रूपमा भारतसग साथसाथै हिड्ने नेपालको मनसाय व्यक्त गरिन् । नेपालको विदेश नीति असंलग्नता, तटस्थता, शान्तिपूर्ण सहअस्तित्व र सबैसँगको मित्रतामा आधारित रहेको उल्लेख गरिन्।
डा. ढकालले जलविद्युतदेखि राजमार्ग, जलवायु कार्यदेखि स्टार्ट–अपसम्मको कुरा बारे प्रकाश पारिन् । उनले भारतको योगदान नेपालको अर्थतन्त्र र पूर्वाधारको आधारभूत कुरा रहेको बताइन्।
‘हामी प्रभावको डरबाट बाहिर निस्कौं र विश्वासमा आधारित, पारदर्शी र रूपान्तरणकारी साझेदारी निर्माण गरौं,’ उनले भनिन् ।
प्रतिक्रिया 4