+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (6.1)
VS
८३ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा 

यस व्यवस्था अनुसार टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गरेका नेपाली संस्थाले त्यसबापत भुक्तानीका लागि प्रतिपटक १५ हजार डलरसम्मको सटही सुविधा उपलब्ध हुने केन्द्रीय बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई १५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराएको छ।
  • राष्ट्र बैंकको नयाँ एकीकृत निर्देशन अनुसार टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गर्ने नेपाली संस्थाले सटही सुविधा पाउनेछन्।
  • सटही सुविधा पाउन एजेन्सीले बैंकमा आवश्यक कागजात पेस गर्नुपर्नेछ तर नियामक निकायको सिफारिस लिन अनिवार्य छैन।

२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले त्यस्ता एजेन्सीका लागि १५ हजार अमेरिकी डलरसम्मको सुविधा दिने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा नयाँ व्यवस्था थप गर्दै विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा थप गरेको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण सेवा आयात गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइएको हो ।

यस व्यवस्था अनुसार टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गरेका नेपाली संस्थाले त्यसबापत भुक्तानीका लागि प्रतिपटक १५ हजार डलरसम्मको सटही सुविधा उपलब्ध हुने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसका लागि सम्बन्धित एजेन्सीले आवश्यक कागजात बैंकमा पेस गर्नुपर्ने छ । तर, यस्तो सेवाका लागि एजेन्सीले नियामक निकायको सिफारिस लिन अनिवार्य नहुने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?