+
+
Shares

‘मेरी बास्सै’मा फर्किए राजु मास्टर, लेखन तथा निर्देशन गर्ने

गोपीकृष्ण चापागाईँ गोपीकृष्ण चापागाईँ
२०८२ साउन २३ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हास्यकलाकार राजु पौडेलले चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’को लेखन तथा निर्देशन गर्ने भएका छन्।
  • राजुले ‘मेरी बास्सै’को ९२३ भागबाट लेखन, निर्देशन र अभिनय गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
  • ‘मेरी बास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हबको युट्युव च्यानलमार्फत प्रसारण हुँदै आएको छ।

काठमाडौं । हास्यकलाकार राजु पौडेल (राजु मास्टर)ले चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’को लेखन तथा निर्देशन गर्ने भएका छन् ।

दुई दशकको यात्रा पुरा गर्ने तयारीमा रहेको यो श्रृंखलामा नयाँ जिम्मेवारीसहित उनी फर्किएका हुन् ।

राजुले आउँदो साताबाट प्रसारण हुनेगरी ‘मेरी बास्सै’को लेखन र निर्देशन कार्यको जिम्मेवारी लिएका छन् । साथै, उनले अभिनय पनि गर्नेछन् ।

मिडिया हबको प्रस्तुतिमा निर्माण भएको यो सिरियल अहिले प्रसारणको १९ औं वर्षमा छ । राजुले यही श्रृंखलाबाट कलाकारिता यात्रा थालेका थिए ।

सुरुदखि नै १२ बर्षसम्म निरन्तर अभिनय गरेका उनले बीचमा ६ वर्षसम्म अन्य श्रृंखलामा काम गरे । घरमा फर्किन पाउँदा खुसी र जिम्मेवारीबोध भएको उनले बताए ।

‘मेरी बास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ । यही ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरी बास्सैको देन हो’ उनले भने ।

लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको र चुनौती महसुस गरेको उनले बताए । उनले पछिल्लो समय आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियलमा काम गरिरहेका थिए । ‘सकस’ले पनि निरन्तरता पाउनेछ ।

‘मेरी बास्सै’को ९२३ भागबाट राजुले जिम्मेवारी सम्हाल्नेछन् । उनका अनुसार नयाँ कथाबाट सिरियल अगाडी बढ्नेछ ।

यसबारे उनले भने, ‘४ भाग छायांकन गरिसकेका छौं । छायांकनस्थल धादिङको ज्वालामुखी गाउँपालिका५ खरी भदुवार राजेका छौं ।’

राजुसहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सविना आचार्य (सबु) पनि छन् । रामचन्द्र अधिकारी (काजी बा), सुरवीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दीपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतका कलाकारको अभिनय हुनेछ ।

‘मेरी बास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हबको युट्युव च्यानलमार्फत प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?