+
+
Shares

सञ्जीवनी मेडिकल कलेजविरुद्ध प्रहरीमा ठगीको जाहेरी

नेपालगञ्जमा रहेको संजिवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाका मेडिकल व्यवसायी खुमा अर्यालको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको छ।
  • जाहेरीमा उक्त मेडिकल कलेजको दर्ता प्रक्रिया वैधानिक नभएको र कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन गरी ठगी गरेको दाबी गरिएको छ।
  • उच्च अदालत तुलसीपुरले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको हो।

२३ साउन, काठमाडौं। स्याङ्जाका मेडिकल व्यवसायी खुमा अर्यालको मेडिकल कलेजविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

नेपालगञ्जमा रहेको अर्यालयको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको हो । बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले जाहेरी आएको पुष्टि गरे ।  ‘सञ्जीवनी  मेडिकलविरूद्ध जाहेरी परेको छ । दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’ पातलीले अनलाइनखबरसँग भने ।

यो मेडिकल कलेजको दर्ता प्रक्रिया नै वैधानिक नरहेको दाबी गरिएको छ । कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको प्रहरीले बताएको छ ।

यो मेडिकल कलेजविरुद्ध करन बर्मा नाम गरेका बाँकेकै एक युवाले जाहेरी दिएका हुन् । यसअघि उनले दिएको जाहेरी प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्मले दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसपछि उनी अदालत पुगेका थिए ।

उच्च अदालतको तुलसीपुरको नेपालगञ्ज इजलासमा करनले बाँके प्रहरी, सरकारी वकिल, प्रमुख जिल्ला न्यायाधीवक्तासहितलाई विपक्षी बनाउँदै निवेदन दिएका थिए ।

उक्त निवेदनको फैसला गर्दै न्यायाधीश चन्द्रबहादुर सारु र वसन्तराज पौडेलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउने निर्देशन दिएपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको हो ।

ठगीको जाहेरी दर्ता भए पनि रकम तथा बिगो भने खुलेको छैन । कलेजको वैधनिकतासँग जोडेर जाहेरी परेकाले बिगो दाबी गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?