
२३ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक उद्योग तथा फर्मलाई कारबाही गरेको छ ।
विभागको अनुगमन टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–१४ को फ्लो टेक इन्टरप्राइजेज प्रालिलाई २ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागका अनुसार उक्त कम्पनीले फर्निसिङ, कार्पेट, पर्दा लगायत उत्पादनमा एमआरपी नराखी कारोबार गरेको पाइएपछि जरिबाना तिराइएको हो ।
विभागले आज १४ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन गरिएका मध्ये ४ वटा उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित काजजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ९ वटालाई सामान्य निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4