
News Summary
Generated by OK AI. Editorially reviewed.- अमृत साइन्स क्याम्पसको स्ववियुले शैक्षिक वर्ष २०८२/२०८३ को लागि आइटी प्रवेश तयारी कक्षा नि:शुल्क सञ्चालन गर्ने निर्णय गरेको छ।
- स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले सीएसआईटीमा १४४ र बीआइटीमा ३६ सिट भएकाले दुई महिने तयारी कक्षा गरिने बताए।
- स्ववियुले दुर्गम क्षेत्रका गरिब र जेहन्दार विद्यार्थीको लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको उनले खुलाए।
२३ साउन, काठमाडौं । अमृत साइन्स क्याम्पसको स्ववियुले आइटीको प्रवेश तयारी कक्षा नि:शुल्क गराउने भएको छ ।
शैक्षिक वर्ष २०८२/२०८३ को लागि स्नातक तहमा बीएस्सी, सीएसाइटी, बीआईटीको प्रवेश परीक्षाको तयारी कक्षा नि:शुल्क गराउन लागेको हो ।
सीएसआईटीमा १४४ र बीआइटीमा ३६ सिट भएकाले आइटी पढ्न चाहने विधार्थिहरुको लागि स्वतन्त्र विधार्थी युनियनले दुई महिने नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले बताए।
‘अस्कलमा विद्यार्थीहरुको आईटी पढने सपना र दुर्गम ठाउँबाट आएका ,गरिब तथा जेहन्दार बिद्यार्थीहरुको लागि तयारी कक्षा संचालन गरेका हौं।,’ उनले भने ।
हेर्नुहोस् अस्कल क्याम्पस स्ववियुको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4