
News Summary
Generated by OK AI. Editorially reviewed.- आज श्रावण शुक्ल पूर्णिमा भएकाले वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा छ।
- काठमाडौंका पशुपतिनाथ लगायत मन्दिरहरूमा जनै फेर्ने र रक्षाबन्धन बाँध्नेहरूको घुइँचो लागेको छ।
- तराईक्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाउने चलन छ।
२४ साउन, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा । आजको दिन हरेक वर्षजनै पूर्णिमा (ऋषि तर्पणी) र रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
आज काठमाडौंका पशुपतिनाथ लगायत मन्दिरहरूमा जनै फेर्नेहरु र रक्षाबन्धन बाँध्नेहरूको घुइँचो लागेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
आजकै दिन नेपालको तराईक्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ ।
हेर्नुस् पशुपति क्षेत्रका केही तस्वीरहरू :
प्रतिक्रिया 4