+
+
Shares

कैलाली कारागारका जेलर फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते २०:४७

२४ साउन, काठमाडौं । कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो । भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।

शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।

उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।

शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

घाइतेहरूको उपचार भइरहेको छ ।

यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?