
२५ साउन, काठमाडौं । स्थानीय बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार आइतबार सागको भाउ बढेको हो ।
अहिले कालीमाटी बजारमा रायो, पालुंगो, तोरी लगायत साग किन्न पाइन्छ । आइतबार रायो सागको भाउ प्रतिकिलो थोकमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म तोकिएको छ ।
शनिबार भने रायो साग प्रतिकिलो न्यूनतम ५० र अधिकतम ६० रुपैयाँमा किनबेच भएको थियो । आज रायो सागको भाउ किलोको २० रुपैयाँ बढेको हो ।
यस्तै बजारमा पालुंगो साग प्रतिकिलो न्यूनतम ६० र अधिकतम ७० रुपैयाँ तथा तोरीको साग प्रतिकिलो न्यूनतम ५० र अधिकतम ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
शनिबार भने पालुंगो साग प्रतिकिलो ४० देखि ५० र तोरी साग ५० देखि ६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4