+
+
Shares

सार्क फर्कने, नफर्कने ठेगान छैन : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्क अहिले कोमामा पुगेको बताएका छन्।
  • उनले फेरि सार्क फर्किने हो कि होइन भन्ने ठेगान नभएको पनि बताए।
  • सार्क आतंकवादी गतिविधि नियन्त्रण गर्ने रिजनल कोअप्रेसन र कोअर्डिनेसनको लागि आवश्यक रहेको यादवको भनाइ छ।

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुन: सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको भए पनि अहिले कोमामा रहेको टिप्पणी गरे ।

उनले अब सार्क फर्किने हो वा होइन भन्ने ठेगान नभएको पनि बताए ।

‘सार्क त अब मरिसक्यो भनि नहालाँै, तर कोमामा गइसकेको छ । फर्किने हो की होइन ठेगान छैन । लामो समयदेखि,’ यादवले भने, ‘तर यसको आवश्यकता छ । यो रिजनल कोअप्रेसन एण्ड कोर्डिनेसन हो । टेरेरिस्ट एक्टिभिटिजहरुलाई मिनिमाइज गर्ने र समाप्त पार्ने च्यानलको लागि एउटा कोअप्रेशन हो ।’

विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको उनले बताए । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको यादवको जिकिर छ ।

‘दोस्रो यसको उत्पन्न हुने कारण के हो ? रुट कज केको हो । एकैनासको त छैन । त्यो रूटकजहरूलाई पत्ता लगाएर बेलैमा समस्या समाधान गर्नुपर्छ । अर्को त्यसका रिसोर्सहरूको च्यानललाई रोक्नुपर्छ,’ उनले भने ।

अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?