+
+
Shares

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रासस रासस
२०८२ साउन २५ गते १९:५३

२५ साउन, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो ।

स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?